राजधानी समाचारदाता, कैलाली । कैलालीको गोदावरी नगरपालिका १० मालाखेतीमा एक महिलाको रहस्यमय मृत्यु भएको छ । २४ वर्षीया तुल्सी फुलाराको घरभित्रै झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
फुलाराको शनिबार राति झ्यालमा झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए ।
अनुसन्धानका लागि प्रहरीले तुल्सी फुलाराका श्रीमान प्रशान्तलाई नियन्त्रणमा लिएको छ । मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्रै बताउन सकिने प्रहरीले जनाएको छ ।
माइती पक्षले पनि तुल्सीले आत्महत्या नगरेर हत्या नै भएको दावीसहित प्रशान्तविरुद्ध किटानी जाहेरी दिएका छन् । तुल्सीका दाई प्रभाष भट्टले आधा शरिर सुत्ने विस्तारामा रहेको अवस्थामा आत्महत्या हुनै नसक्ने भन्दै आफ्नी बहिनीको हत्या भएको बताए ।
प्रशान्तले श्रीमतिलाई पटक पटक कुटपिट गर्ने गरका थिए । श्रीमानको कुटाईवाट आजित भएकी तुल्सी केही समयदेखी माइतीघरमा बस्दै आएकी थिइन् । उनीहरुको डेढ वर्ष अगाडि मागी विवाह भएको थियो ।
from Rajdhani Daily https://ift.tt/2pd6Hla

No comments:
Post a Comment