राजधानी सारिएको बिरोधमा धनगढी बजार ठप्प - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 29, 2018

राजधानी सारिएको बिरोधमा धनगढी बजार ठप्प

प्रदेश सभाको बैठकमा दुई तिहाई बहुमतले प्रदेश ७ को राजधानी कैलालीको गोदावरी नगरपालिमा राख्ने निर्णय गरेसँगै अस्थायी राजधानी धनगढीमा आन्दोलन सुरु भएको छ । प्रदेश ७ को अस्थायी राजधानी धनगढीलाई नै स्थायी राजधानी कायम गरिनुपर्ने माग गर्दै १० असोजदेखि कांग्रेसका नेता तथा कार्यकर्ताहरुले आन्दोलन शुरु गरेका हुन् ।

आनदोलनमा उत्रिएका समुहले शनिबार बिहानदेखि धनगढी बजार बन्द गराएका छन् भने यातायातका साधनहरु सञ्चालन हुन दिएका छैनन् । साथै, धनगढी बजारक्षेत्रमा शनिबार मोटरसाइकल र्‍याली निस्कएको छ । आन्दोलनको अगुवाइ कांग्रेसका स्थानीय नेता, कार्यकर्ताले गरेका छन् । प्रदेश ७ को अस्थायी राजधानी धनगढीलाई नै स्थायी राजधानी कायम गरिनुपर्ने माग गर्दै १० असोजदेखि कांग्रेसका नेता तथा कार्यकर्ताहरुले आन्दोलन शुरु गरेका हुन् ।

शुक्रबार प्रदेश सभाको बैठकमा दुई तिहाई बहुमतले प्रदेश ७ को राजधानी गोदावरी नगरपालिका–२ र ४ को गोदावरी तथा नाम सुदूरपश्चिम राख्ने प्रस्ताव पारित गरेको थियो । राजधानी तोकिएको क्षेत्र धनगढीबाट करिब २० किलोमिटर उत्तरमा पर्छ ।

प्रदेश सभामा कांग्रेस पक्षले धनगढीलाई नै राजधानी बनाउनुपर्ने माग गर्दै आएको थियो । गोदावरी राजधानी बनाइनुपर्ने पक्षमा रहेको सत्ता पक्षीय नेकपाको दुई तिहाई बहुमतको प्रस्ताव पारित हुने भएपछि कांग्रेस र राजपाले शुक्रबारको बैठकमा प्रस्ताव माथिको मतदान बहिस्कार गरेका थिए ।

प्रदेशको अस्थायी राजधानीका लागि संरचना निर्माणमा करोडौं रुपैयाँ खर्च भइसकेकाले धनगढीबाट राजधानी सार्न नहुने तर्क कांग्रेसको रहेको छ ।

The post राजधानी सारिएको बिरोधमा धनगढी बजार ठप्प appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2zDYZqD

No comments:

Post a Comment

Post Bottom Ad

Pages