टी–२० क्रिकेटको उपाधि राजविराजलाई - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 29, 2018

टी–२० क्रिकेटको उपाधि राजविराजलाई

झापाको सुरुंगामा सम्पन्न प्रथम टिभिएस टी–ट्वान्टी क्रिकेटको उपाधि युथ एकाडेमी राजविराजले जितेको छ ।

सुरुंगास्थित कन्काई माविको खेल मैदानमा भएको फाइनल खेलमा विराटनगरको क्रिकेट क्लवलाई २ विकेटलले हराउँदै राजविराजले नगद ५१ हजार रुपैयाँसहित उपाधि हात पारेको हो ।

उपविजेता बनेको विराटनगरले ३१ हजार नगदसहित ट्रफि हात पारेको छ । राजविराजले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दिएको थियो । विराटनगरले ९ विकेटको क्षतिमा एक सय ३२ रनको मध्यम स्कोर बनाउन सक्यो । विराटनगरका तर्फबाट राष्ट्रिय टिमका सदस्यसमेत रहेका सिद्धान्त लोहनीले सर्वाधिक ३३ रन जोडेका थिए । राजविराजका तर्फबाट फिरदोज अन्सारीले ३ र दिवासु मल्लिकले २ विकेट लिए ।

एक सय ३३ रनको लक्ष्य राजविराजले ८ विकेटको क्षतिमा अन्तिम ३ बल बाँकी छँदै भेट्टाएको थियो । रोमाञ्चक बनेको फाइनल खेलमा राजविराजलाई अन्तिम ओभरमा १२ रन चाहिएको थियो । ओभरको दोस्रो र तेस्रो बलमा लगातार छक्का प्रहार गर्दै राजविराज विजयी बनेको हो । फाइनलमा राजविराजका ब्याट्सम्यान महबुब आलम चल्न नसके पनि अन्य ब्याट्सम्यानले खुलेर ब्याटिङ गरेका थिए । हासिम अन्सारीले ३९ रन र विवेक यादवले २४ रनको योगदान गरे । विराटनगरका वलरहरु अजय राजवंशी र मन्दिप श्रेष्ठले समान २÷२ विकेट लिए पनि हारलाई टार्न सकेनन् ।

फाइनल खेलको म्यान अफ द म्याच विराटनगरका हासिम अन्सारी घोषित भए । प्रतियोगिताकै उत्कृष्ट खेलाडी राजविराजका महबुब आलम बने । सर्वोकृष्ट विकेटकिपर भैरहवाका प्रज्वल थापा, सर्वोकृष्ट बलर आयोजक ह्वाइट वास क्रिकेट क्लवका दिपेश कँडेल, सर्वोकृष्ट ब्याट्सम्यान राजविराजका अमृत यादव घोषित भए । उनीहरुले समान नगद पाँच हजार र ट्रफी प्राप्त गरे ।

कन्काई सचेत युवा क्लव र ह्वाइट वास क्रिकेट क्लवको संयुुक्त आयोजनामा भएको प्रतियोगितामा नेपालका ८ टिमको सहभागिता रहेको थियो ।

The post टी–२० क्रिकेटको उपाधि राजविराजलाई appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2y7WCdJ

No comments:

Post a Comment

Post Bottom Ad

Pages