इन्टु मिन्टु र बाँध मायाले दुबै त्रिकोणात्मक - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, September 21, 2018

इन्टु मिन्टु र बाँध मायाले दुबै त्रिकोणात्मक

राजधानी समाचारदाता/काठमाडौं।

शुक्रबारबाट त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र ‘बाँध मायाले’ र ‘इन्टु मिन्टु लन्डनमा’ एकसाथ रिलिज हुँदैछ ।

प्रदर्शन अघि चलचित्र इन्टु मिन्टु लन्डनमाको बिहिबार बेलुका काठमाडौंको कमलपोखरी स्टि बिग मूभिजमा ‘रेडक कार्पेट प्रिमियर’ गरियो ।

यो चलचित्रमा भव्य सेट प्रस्तुति र लन्डनका आकर्षक दृष्यहरुले दर्शकलाई बाँधेको देखियो । फिल्म राम्रो बनेको प्रतिक्रिया सिनेकर्मीदेखि सञ्चारकर्मीसम्मले विहिबार बेलुका दिए ।

प्रेम कथामा आधारित इन्टु मिन्टु लन्डनमाको बहुसँख्यक छायाँकन लन्डनमै गरिएको थियो । लन्डनमा बस्ने एक नेपाली युवा (धिरज मगर) सँग लन्डन पुगेकी एक नेपाली युवती (साम्राज्ञी राज्यलक्ष्मी शाह)को प्रेमकथामा यो चलचित्र केन्द्रित रहेको छ । यी दुईको प्रेममा बाधक बनेर पारिवारिक सम्बन्धका कारण ती युवतीसँग प्रेमसँगै विवाह गर्ने आउने अर्का युवा (सारुक ताम्राकार) सहित त्रिकोणात्मक प्रेमकथामा यो चलचित्र रुमलिएको छ ।

यस अघि कोरियोग्राफी गर्दै आएकी रिनासा वान्तवा राईले इन्टु मिन्टु लन्डनमाको निर्देशन गरेकी हुन् । प्रभु शमशेर जवरा र प्रज्वल शमेशर जवराले निर्माण गरेको यो चलचित्रमा धिरज, साम्राज्ञी, सारुकसँगै बिजय लामा, रुवी राणा शाह, दिल भूषण पाठक लगायतको अभिनय छ । यो चलचित्र मुलुकका ६ दर्जन भन्दा बढी सिनेमा हलमा प्रदर्शनमा आउन लागेको निर्माण पक्षले जानकारी गराएको  छ ।

शुक्रबारबाटै प्रदर्शनमा आउने अर्को चलचित्र ‘बाँध मायाले’ पनि त्रिकोणात्मक कथामा आधारित चलचित्र हो । यो चलचित्रमा मुख्य अभिनेत्री सृष्टी श्रेष्ठसँग अभिनेता आर्यन अधिकारी र नव अभिनेता किशोर खड्काको प्रेम सम्बन्ध देख्न पाईन्छ । समाजमा देखिरहेका प्रेमसम्बन्धलाई नयाँ धारबाट आफुले प्रस्तुत गरेको यसका निर्देशक सविर श्रेष्ठले बताए । उनको अनुसार यो चलचित्र शुक्रबारबाट मुलुकका करिब ६ दर्जन सिनेमाहलबाट रिलिज हुँदैछ ।

पूर्व मिस नेपाल एवम् अभिनेत्री सृष्टीका अनुसार यो उनको तेस्रो चलचित्र हो । जसमा आफुले अनाथ आश्रममा हुर्किएकी एक युवतीले जीवनसँग गरेको सँघर्ष र त्यसको प्राप्तिमा केन्द्रित भूमिका निर्वाह गरेको उनले बताएकी छिन् ।

आर्यनले पनि यसमा आफु एउटा कामकाजी युवा एवम् प्रेमीको भूमिकामा रहेको बताएका छन् । बिगतका सिनेमामा एक्सन प्रधान भूमिका निभाउँदा आएका उनले यसपटक प्रेमिल भूमिका आफु रहेको खुलाएका छन् ।

शुक्रबारबाटै जय किशन बस्नेले आफ्नो निर्माण निर्देशनमा बनेको चलचित्र ‘धुम–३’ पनि रिलिज गर्ने भएको छ । मुलुलका कतीपय एकल हलमा यो फिल्म लाग्दैछ । जसमा जय किशन बस्नेतसँगै प्रज्वल  गिरी, उत्तम केसीलगायतका कलाकार छन् ।



from Rajdhani Daily https://ift.tt/2O5n1CY

No comments:

Post a Comment

Post Bottom Ad

Pages