बलिउड अभिनेत्री रानी मुखर्जी अभिनीत ‘हिचकी’ फिल्म २३ मार्चमा भारतमा रिलिज भएको थियो । फिल्मले राम्रो प्रतिक्रिया पायो । फिल्म विदेशमा पनि उत्तिकै रुचाइयो । अब यो फिल्म चीनमा पनि प्रदर्शन हुने भएको छ ।
भारतीय मिडियाका अनुसार ‘हिचकी’ अक्टोबर १३ मा चीनमा रिलिज हुनेछ । जुन १६ मा चीनमा भएको सांघाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘हिचकी’ प्रदर्शन गरिएको थियो । त्यहाँ पनि फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो । सिद्धार्थ मल्होत्राले निर्देशन गरेको फिल्ममा रानी मुख्य भूमिकामा छिन्।
The post रानीको हिचकी चीनमा appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2NLCVTj

No comments:
Post a Comment