नयाँ पत्रिका ट्राभल एक्स्पो : घुमघाम संस्कृतिको सम्मान र प्रवद्र्धन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 29, 2018

नयाँ पत्रिका ट्राभल एक्स्पो : घुमघाम संस्कृतिको सम्मान र प्रवद्र्धन

संसारलाई नजिक्याउने संस्कार हो, घुमघाम । जसले देश, सहर, गाउँका सीमा भत्काएर प्रकृतिक सम्पदासँग रम्न सिकाउँछ । घुमघामको संस्कार नेपालीमाझ पनि बढ्न थालेको छ । त्यसको एउटा आधार हो, देशका विभिन्न गन्तव्यमा वार्षिक करिब ५० लाख नेपाली गरेको घुमघामको तथ्यांक ।


त्यससँगै नयाँ गन्तव्यहरूको पहिचान र विकास पनि हुने भयो । चर्चामा नआएका र थाहा नपाइएका नयाँ गन्तव्यले आन्तरिक पर्यटकमा आकर्षण थप्छ । चर्चित गन्तव्यसँगै नयाँ गन्तव्यमा पनि नेपालीको आवतजावत बाक्लिँदै गएको छ । बिस्तारै विदेश घुम्न जाने नेपालीको संख्या पनि बढ्न थालेको छ ।

नेपालीको बढ्दै गएको घुमघाम संस्कारलाई सम्मान गरेर नै नयाँ पत्रिका दैनिकले ‘ट्राभल एक्स्पो २०१८’ आयोजना ग-यो । यसलाई साथ दिएको थियो नेपाल पर्यटन बोर्डले । विभिन्न ट्राभल एजेन्सी, एयरलाइन्स, इन्सोरेन्स कम्पनीका दुई दर्जन स्टलबाट आगन्तुकले यात्रासम्बन्धी जानकारी लिए । बिहीबार र शुक्रबार चलेकोे एक्स्पोमा राखिएका स्टलमा चासो लिएर आएका आगन्तुक हेर्दा पनि घुमघामप्रति नेपालीको आकर्षण बढ्दै गएको झल्किन्थ्यो ।

थपिँदै विदेशी पर्यटक
सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउँदै छ । र, २० लाख पर्यटकलाई भित्र्याउने सरकारी लक्ष्य छ । अहिले बर्सेनि करिब नौ लाख विदेशी पर्यटक आइरहेका छन् । ती नौ लाख पर्यटकमार्फत वर्षमा करिब ६३ अर्ब रुपैयाँ आम्दानी भइरहेको छ । तर, पर्यटन क्षेत्रका विज्ञहरू यो संख्या नेपालका लागि पर्याप्त नभएको बताउँछन् । नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनी थपिँदै गएको र पर्यटकीय पूर्वाधार बढ्दै गएको अनुपातमा पर्यटक पनि थपिने अपेक्षा गरिएको छ ।

फस्टाउँदो आन्तरिक पर्यटन
त्यस्तै, आन्तरिक पर्यटकहरूको चहलपहल बढ्दा आर्थिक गतिविधिमा बढोत्तरी हुनुका साथै गन्तव्यहरूको विकास र विस्तार पनि हुन्छ । नयाँ पत्रिका दैनिकले नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर एक्स्पोबाट यही घुमघाम संस्कारको विस्तार र गन्तव्यको प्रवद्र्धन गर्न खोजेको हो ।

नेपालीलाई ‘पहिले देश घुमौँ, अनि विदेशको बारेमा सोचौँला’ भन्ने सोचाइको विकास गराउन सरकार र निजी क्षेत्र तथा सञ्चारमाध्यम पनि लाग्नुपर्ने पर्यटन क्षेत्रका विज्ञको सुझाब छ । ‘पहिला इरान होइन, धरान घुमौँ’, ‘थाइल्यान्ड जानेभन्दा पहिले थानकोट कटौँ’, ‘बालीभन्दा पहिले बन्दिपुर पुगौँ’ वा ‘इंग्ल्यान्ड भन्दा पहिले इलाम घुमौँ’ भन्ने सोच बढाउन सके पर्यटन उद्योगको विकास हुने र स्रोतको राम्रो बाँडफाँड हुनेमा कसैको दुईमत नहोला ।

एक्स्पो र सहभागिता
भ्रमण गर्ने चाहनालाई सम्मान गर्दै र उनीहरूलाई भ्रमणका विभिन्न प्याकेजको बारेमा जानकारी दिन एक्स्पो आयोजना गरिएको थियो । जहाँ आन्तरिक र बाह्य दुवै स्थानमा घुम्न चाहनेलाई व्यक्तिहरूलाई एउटै छानामुनि सम्पूर्ण जानकारी तथा अन्य सेवा उपलब्ध थियो ।


एयर अरेबिया, बुद्ध एयर, नेपाल एयरलाइन्स, यति एयरलाइन्स, चन्द्रागिरि हिल्स एक्स्पोका सहयात्री थिए । त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनी, एस ट्राभल्स, ग्लोबल एसिया ट्राभल, सेन्टर पार्क रिसोर्ट, एक्सिस सफ्टेक, ग्लोबल कलेज, रेन्ट टुर, एड्भेन्चर एड्भाइजर, गोल्डेन गेट टुर्स एन्ड ट्राभल, गल्फ ट्राभल एन्ड टुर्सले सघाएका थिए ।

सन एन्ड फन होलिडेज, टाइगर प्यालेस रेसोर्ट र बोन ट्राभलले पनि एक्स्पोलाई साथ दिएका थिए । निःशुल्क प्रवेशले एक्स्पोमा अवलोकनकर्ता सहभागिता उल्लेख्य थियो । यसलाई पर्यटन क्षेत्रका लागि महत्वपूर्ण खुड्किलो मानेका छन्, पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले । घुमघाम संस्कारलाई बल पु-याउने इभेन्टको सुरुआतका रूपमा हेरिएको छ, एक्स्पोलाई । तथापि घुम्ने रुचि छ भने समय र खर्चको चाँजापाँजो गरेर घुमघामको योजना बनाउने कि !

कसलाई  कस्तो उपहार
एक्स्पोमा अवलोकनकर्तामध्ये १४ जोडीलाई विभिन्न भ्रमणको उपहार राखिएको थियो । उनीहरूले स्वदेश तथा विदेश भ्रमणको अवसर पाएका छन् ।

बन ट्राभल्स :   एक जोडीलाई इन्डोनेसियाको बाली र एक जोडीलाई इजिप्ट भ्रमणको प्याकेज ।
एस ट्राभल्स :  एक जोडीलाई थाइल्यान्ड भ्रमणको प्याकेज ।
बुद्ध एयर :  एक जोडीलाई माउन्टेन  फ्लाइट  ।
यती एयरलाइन्स :  एक जोडीलाई पोखराको दुईतर्फी टिकट ।
पर्पल होलिडेज :  एक जोडीलाई पोखरा दुईतर्फी टिकट ।
टाइगर प्यालेस रिसोर्ट :  एक जोडीलाई भैरहवामा डिनर, एकरात बसाइ र ब्रेकफास्ट ।
गल्फ ट्राभल एन्ड टुर्स : एक जोडीलाई होटेल दी कान्तिपुरमा एक रात कोठा ।
सन एन्ड फन होलिडेज :  एक जोडीलाई पोखराको कुटी रिसोर्टमा एक रात कोठा ।
सेन्टर पार्क रिसोर्ट :  एक जोडीलाई सौराहामा एक रातको बास र ब्रेकफास्ट ।
चन्द्रागिरी हिल्स : एक जोडीलाई लन्च र केवलकारको टिकट ।
होटेल अन्नपूर्ण :  एक जोडीलाई अन्नपूर्ण कफीसपमा लन्च ।
गोल्डेनगेट होलिडेज :  एक जोडीलाई बिग फुडल्यान्डमा क्यान्डल लाइट डिनर ।
ग्लोबल एसिया टुर एन्ड ट्राभल : एक जोडीलाई चन्द्रागिरीसम्मको यातायात सुविधा ।

 

 

The post नयाँ पत्रिका ट्राभल एक्स्पो : घुमघाम संस्कृतिको सम्मान र प्रवद्र्धन appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2zDChyO

No comments:

Post a Comment

Post Bottom Ad

Pages