जुँगाविना म कस्तो देखिन्छु होला भन्ने लागेर एक वर्षअघि काटेको थिएँ । आफैँले आफैँलाई ऐनामा हेर्दा नचिनेझैँ भयो । एकदम नसुहाएको लाग्यो । त्यसपछि फेरि पाल्न थालेँ ।
क्याम्पस पढ्दादेखि दाह्रीजुँगा पाल्न थालेको हुँ । त्यतिवेला स्टाइल पार्नुभन्दा पनि समय अभावका कारण कपाल लामो हुन्थ्यो । म विद्यार्थी राजनीतिमा पनि सक्रिय भएकाले पढाइ र राजनीति दुवैतिर समय दिनुपथ्र्यो । त्यसैले दैनिक सफाचट हुने समय हुँदैनथ्यो ।
कहिलेकाहीँ हजामकहाँ गएर मिलाउने गर्थेँ । यो ०३५–३६ सालतिरको कुरा हो । त्यसवेला म बहुदलको राजनीतिमा सक्रिय थिएँ । दाह्रीजुँगा कालो थियो । धेरै साथीहरूले राजनीतिक आस्थाअनुसार गेटअप छ भन्ने गर्थेँ । ०४३ सालपछि दाह्री काटेँ । जुँगा राखेँ ।

त्यसपछि निरन्तर धेरै वर्ष जुँगा मात्रै पालेँ । दाह्री राखिनँ । राजा वीरेन्द्रको हत्या भएपछि जुँगा पनि खौरिएँ । फेरि त्यसयता करिब १८ वर्ष पालेँ । म त्यसवेला ३३ पटक त हिरासतमा परेँ । ०६२–६३ को जनआन्दोलनका वेला रातो कपाल भनेर सबैले चिन्थे ।
धेरैजनाले मेरो गेटअपलाई हेरेर ‘रातो कपाल, सेतो जुँगा’ किन हो भनेर जिज्ञासा राख्थे । खासमा झर्नबाट रोकथाम गर्नका लागि कपाल रातो बनाएको हुँ । कपाल एकदमै झर्न थाल्यो । रोकथामका लागि म एउटा हर्बल पेस्ट प्रयोग गर्छु, जसले रातो बनाएको हो । मैले लगाउने आयुर्वेदिक धुलो सुतीको थैलीमा पाउँछ, जुन मेरो साथीले सिफारिस गर्नुभएको थियो । त्यसले कपाल झर्दैन भनेपछि मैले लगाउन थालेँ र कपाल झर्न पनि कम भयो । जुँगा फुलेर सेतो भयो । त्यसले मेरो फरक पहिचान
भएको थियो ।
धेरैजना मेरो जुँगा देखेर लोभिनुहुन्थ्यो । जुँगाविना म कस्तो देखिन्छु होला भन्ने लागेर एक वर्षअघि काटेको थिएँ । आफैँले आफैँलाई ऐनामा हेर्दा नचिनेझैँ भयो । एकदम नसुहाएको लाग्यो । त्यसपछि फेरि पाल्न थालेँ ।
मेरो छोरीले ‘मन परेन काट्नुहोस्’ भनिरहन्थी । काटेको थिइनँ । म सुतेका वेला कैँचीले काटिदिइछिन् । त्यसैले अहिले चाहिँ जुँगा छैन । केही दिनसम्म म आफैँलाई एकदम अनौठो लागिरह्यो । अहिले अलि बानी परेको छ । करिब तीन महिनाजति भयो होला जुँगा काटेको । अहिले रातो कपाल मात्रै छ । मेरो कामको मूल्यांकन गर्दै सरकारले ‘देउडा सम्राट्’ पहिचान दियो । त्यसपछि रातो कपाल नै पहिचान भएको हो ।
The post रातो कपालले दिएको फरक पहिचान appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2xXFDKR
No comments:
Post a Comment