सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आफ्नो घरलाई धर्मशाला बनाउने निर्णय गरेका छन् । शुक्रबार गृह जिल्ला गुल्मी आएका खनालले रुरु गाउँपालिका रिडीको आफ्नो पुरानो घरलाई धर्मशाला बनाउने निर्णय गरेका हुन् ।
विश्व मुटुरोग दिवस र लायन्स क्लव अफ काठमाडांै लर्ड बुद्धको मुख्य तथा नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मी र सशस्त्र प्रहरी परिवार महिला संघको सह–आयोजनामा तम्घासमा सञ्चालन भएको निःशुल्क बृहत स्वास्थ्य शिविरका लागि खनाल दुई दिन गृह जिल्ला रहने कार्यक्रम छ । शुक्रबार बिहान उद्योग वाणिज्य संघ रिडीले आयोजना गरेको अभिनन्दन कार्यक्रममा खनालले आफनो पुर्खौली घरलाई धर्मशाला बनाउने घोषणा गरेका हुन् । उनले आप्mना पिताको सम्झनामा घरलाई धर्मशाला बनाउने निर्णय गरि इन्जिनियरहरुको टोलीलाई अवलोकन समेत गराएका छन् ।
उनले पुरानो संरचनाको दुई तले घरलाई भत्काएर नयाँ डिजाइनमा निर्माण गर्ने बताए । कार्यक्रममा बोल्दै उनले भने, ‘मलाई मेरो मेरो जन्मथलोको असाध्यै माया छ, त्यतिकै छोडदिन, पवित्र धाममा धर्मशाला बनाउँछु ।’ महानिरीक्षक खनालले तीन जिल्लाको संगमन स्थल रिडीमा आफ्ना बुवाको सम्झनामा घरलाई धर्मशाला बनाउने निर्णय गरेको बताए ।
रिडी पवित्र धाम र जिल्लाको प्रबेशद्धार भएकाले सुरक्षाका दृष्टिकोणले स्थानीयले सशस्त्र प्रहरीको क्याम्प राखिदिन आग्रह गरेका छन् । शनिबारनै महानिरीक्षक खनालले सशस्त्र प्रहरी वल गुल्म गुल्मीको अनुगमन तथा निरिक्षण गर्ने कार्यक्रम रहेको छ ।
The post सशस्त्र प्रहरीका आइजिपी खनालले आफ्नो घरलाई धर्मशाला बनाउने appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2zDCe66


No comments:
Post a Comment