राजधानी संवाददाता/राजविराज ।
न्यायिक प्रक्रियामा नागरिकको पहुँच बृद्धि, सरल र सहज सेवा, प्रभावकारी कार्यान्वयन र विचौलियाबाट सेवाग्राहीलाई उन्मुक्ति दिने उद्देश्यले उच्च अदालत जनकपुर राजविराज इजलाशले बिहीबारदेखि ‘नियमित प्रयोगकर्ता परिचयपत्र’ लागू गरेको छ ।
इजलाशले एक कार्यक्रमको आयोजना गरी नियमित प्रयोगकर्ता (लेखापढी व्यवसायी) लाई परिचय पत्र वितरण गर्दै कार्यक्षेत्रमा अनिवार्य प्रयोग गर्न निर्देशन दिएको छ ।
इजलाशका सबै (१० जना) न्यायाधिशको उपस्थितिमा लेखापढी व्यवसायीहरुलाई परिचयपत्र वितरण गर्दै वरिष्ठत्तम न्ययाधिश तिलप्रसाद श्रेष्ठले परिचयपत्र लागू गरिंदा बिचौलियाबाट सेवाग्राहीले उन्मुक्ति पाउनुका साथै न्याय सम्पादन छिठो छरितो, मर्यादित र थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।
न्याय क्षेत्रमा काम गर्नेहरुलाई अदालत र न्यायिक प्रक्रियाबारे जानकारी दिएर छिठो, छरितो र प्रभावकारी ढंगले सेवा दिन कानुनमा व्यवस्था गरिएअनुसार परिचय पत्र वितरण गरिएको हो” उनले भने, “यसले सेवाग्राहीलाई अनावश्यक आर्थिक भार र झन्झटबाट मुक्ति दिने विश्वास छ ।
न्याय सम्पादन कार्य छिटो, छरितो नहुँदा र आवश्यक जनशक्तिको अभावमा अघिल्लो आर्थिक वर्षमा ३१ प्रतिशत मुद्दा मात्र फछ्र्योट ६९ प्रतिशत मुद्दा यस आर्थिक वर्षमा जिम्मेवारी सरिआएकाले सो न्युनीकरण गर्दै लैजाने लक्ष्यका साथ केही उपायहरु अवलम्बन गरिएको र त्यसैमध्येका एक परिचय पत्र अनिवार्य लागू गर्ने काम भएको उनले बताए ।
कार्यक्रममा सहभागीहरुलाई पेशी सूची, मुद्दाको प्रक्रियागत विवरण, निवेदनको ढाँचालगायतका बारेमा रजिष्टार रोशनकुमार भट्राइले आवश्यक जानकारी गराएका थिए ।
कार्यक्रममा अदालतले प्रवाहमा गर्ने सेवा, सेवा प्रवाहका प्रक्रिया एवं अदालतप्रति समुदायको विश्वास अझ सुदृढ बनाउन गर्नुपर्ने कामहरु बारे सहभागीहरुले आ–आफ्नो सुझाव राखेका थिए । कार्यक्रममा ४१ जना लेखापढी व्यवसायीहरुलाई नियमित प्रयोगकर्ता परिचय पत्र वितरण गरिएको थियो ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2zBFrCV

No comments:
Post a Comment