अज्ञात सुटरहरुबाट हत्या गरिएका सुनसरी हरिनगरा गाउँपालिका २ का एमाले नेता खुर्सिद आलम अन्सारीका परिवारले हत्यारा खोजेर कारबाही गर्न सरकारसँग माग गरेका छन । श्रीमानको हत्या भएपछि भाव विह्वल अवस्थामा रहेकी खुर्सिदकी पत्नी रबोजिदा खातुन र उनका छोराछोरीहरुले बाबुको हत्याको कारण पत्ता लगाएर सार्वजनिक गर्न र दोषिलाई पक्राउ गरेर कारवाही गर्न माग गरेका हुन् ।
हत्या गरिएका स्थानीय निजी विद्यालयका संस्थापक खुर्सिद मकचुदावतुक इस्लाम नेपाल संघका उपाध्यक्ष थिए । सोझा र मिलनसार स्वभावका उनको कोही शत्रु नभएको स्थानीयले बताउँदै आएका छन । उनका श्रीमती सहित ३ छोरी र ३ छोरा छन् । हत्यामा संलग्नहरुलाई पक्राउ गर्न सक्ने सम्भावना हुदाँहुदै पनि सुरक्षा समन्वय हुन नसक्दा उनीहरु भाग्न सफल भएको आफन्तको गुनासो छ ।
४ असोज बिहान ११ बजेतिर दुई मोटरसाइकलमा आएका चार जनाको अज्ञात समुहले नेता खुर्सिदको गोली हानी हत्या गरेर ८ किलोटिरको दुरी पार गरेर भारततर्फ भागेका थिए । प्रहरीको सूचना राम्रो हुन सकेको भए हत्यारा स्थानीयको सहयोगमा सहजै पक्राउ गर्न सक्ने आफन्तहरुको दाबी छ ।
खुर्सिदको शव दाहसंस्कारको तयारी
४ असोज बिहान ११ बजे खुर्सिदको हत्या भएपछि स्थानीयले शव परिक्षणका लागि लैजान दिएनन् । प्रहरीको ढिलासुस्तीका कारण घटना भएको भन्दै उनीहरुले भुटाहा बजार बन्द गरे । सोहि दिनभर र रातभर घटना स्थलमै र शुक्रबार बिहानदेखी उनकै ‘रैबान बोर्डिङ स्कुल’ मा ल्याएर कफिनमा बरफ हालेर शव राखेका थिए । सहमतिपछि खुर्सिदको शव पोष्टमार्टम गरेर भुटाहा ल्याउने र दिउँसो कब्रिस्तानमा लगेर दाहसंस्कार गर्ने तयारी भइरहेको अगुवा शमसाद आलम अन्सारीले बताए ।
The post अन्सारी हत्या प्रकरण : हत्याराको खोजी गर्न परिवारको माग appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2Dim6dY

No comments:
Post a Comment