गोलरक्षक इगोरद्वारा सन्न्यास - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 2, 2018

गोलरक्षक इगोरद्वारा सन्न्यास

रसियन राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक इगोर एकिन्फिभले सोमबार अन्तर्राष्ट्रिय करिअरबाट सन्न्यास घोषणा गरेका छन् । गत जुन–जुलाईमा रसियामा भएको विश्वकप फुटबल प्रतियोगितामा गोलरक्षक इगोरले उत्कृष्ट प्रदर्शन गरेका थिए । आयोजक रसियालाई क्वार्टरफाइनलसम्म पु-याउन इगोरले प्रेरणादायी प्रदर्शन गरे । उनले राष्ट्रिय टोलीबाट १ सय ११ क्याप जितेका छन् ।

१५ वर्षे यात्रा
सिएसके मस्कोबाट व्यावसायिक फुटबल खेलिरहेका इगोरले राष्ट्रिय टोलीमा १५ वर्ष बिताएका छन् । सिनियर टोलीबाट प्रतिस्पर्धा गरिरहँदा क्लबमा ध्यान दिन नसकेको र युवा खेलाडीलाई मौका दिनका लागि पनि आफूले सन्न्यास घोषणा गरेको उनले बताएका छन् । ‘मैले सही समयमा सन्न्यास लिएजस्तो लाग्छ,’ ३२ वर्षीय इगोरले भने, ‘अब युवा खेलाडीले पोस्ट सम्हाल्नेछन् ।’ रसियामा धेरै युवा खेलाडीले सिनियरलाई विस्थापित गर्न सक्ने अवस्था रहेको उनको भनाइ छ । ‘रसियामा धेरै युवा खेलाडी राष्ट्रिय टोलीमा आउन लालायित छन्, उनीहरूलाई सिनियरले स्थान दिनुपर्छ,’ इगोरले भने, ‘युवालाई स्थान दिनकै लागि मैले सन्न्यास घोषणा गरेको हुँ ।’

कथाको अन्त्य हुनुपर्ने
सन्न्यासको घोषणा गर्दा इगोरले साहित्यक प्रस्तुति दिएका छन् । प्रत्येक कथाको एक निश्चित अन्त्य हुने बताउँदै इगोरले खेल जीवन एक निश्चित समयमा समाप्त हुने बताए । ‘प्रत्येक कथाको एउटा सुरुवात हुन्छ, त्यसको अन्त्य पनि हुन्छ, मेरो कथा पनि यस्तै हो,’ उनले भने, ‘मैले पनि आफ्नो करिअरको समाप्ति गर्नुपर्ने थियो, जुन मैले आज गरेँ ।’ विश्वकप फुटबल प्रतियोगितामा रसियन फुटबलको नेतृत्व गरेको क्षण सर्वाधिक सुखद रहेको उनले बताए । ‘मेरो करिअरको ठूलो दिन भनेकै विश्वकपमा कप्तानी गरेको क्षण थियो,’ उनले भने, ‘मैले यसकिसिमको उपलब्धि पाउने कल्पना पनि गरेको थिइनँ ।’

सबै खेलमा सहभागी
विश्वकपमा रसियाले क्वार्टरफाइनलमा क्रोएसियासँग पेनाल्टी सुटआउटमा खेल गुमाएको थियो । रसियाले विश्वकपभरि कुल ५ खेल खेल्यो । गोलरक्षक इगोरले पाँचै खेलमा पूरै समय बिताए । प्रिक्वार्टरफाइनलमा उनले स्पेनविरुद्धको पेनाल्टी सुटमा उत्कृष्ट खेल देखाएका थिए । उनले स्पेनका इगो अस्पासको प्रहार रोक्दै रसियाको क्वार्टरफाइनल स्थान पक्का पारेका थिए । सन् २००४ मा उनले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । सन् २००८ को युरोकपमा रसिया सेमिफाइनलमा पुग्दा उनी प्रमुख खेलाडी थिए ।

The post गोलरक्षक इगोरद्वारा सन्न्यास appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2xSCvR6

No comments:

Post a Comment

Post Bottom Ad

Pages