नेपाल समूह चरणबाटै बाहिरियो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 2, 2018

नेपाल समूह चरणबाटै बाहिरियो

बंगलादेशमा सञ्चालन भइरहेको एसिसी यू–१९ एसियाकप क्रिकेट प्रतियोगितामा लगातार २ खेलमा पराजित भएपछि नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरियो

नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली लगातार दुई हारसँगै बंगलादेशमा सञ्चालन भइरहेको एसिसी यु–१९ एसियाकप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । प्रतियोगिताअन्तर्गत समूह एको सोमबार भएको दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग ३ विकेटले पराजित भएपछि बाहिरिएको हो ।

यसअघि नेपाल पहिलो खेलमा भारतसँग १ सय ७१ रनको फराकिलो अन्तरले पराजित भएको थियो । समूह एमा भारत र अफगानिस्तान समान ४ अंकका साथ सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपाल र युएईले समान २ हारको सामना गरेका छन् ।

झिनो योगफल
पहिलो ब्याटिङ गरेको नेपालले ३८.३ ओभरमा सबै विकेट गुमाएर १ सय ३१ रनको झिनो योगफल बनायो । नेपालको ब्याटिङ रनरेट ३.४ थियो । प्रत्युत्तरमा अफगानिस्ताने ३७.३ ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनाउँदै दोस्रो जित निकाल्यो । अफगानिस्तानको जितमा रहमनुलाह गर्बाजले सर्वाधिक २६ रन बनाए । अजमुतुल्लाह र अरिफ खानले समान २३ रनको योगदान दिए ।

कमजोर ब्याटिङ
टस जितेर पहिलो ब्याटिङको निर्णय गरेको नेपाली ब्याट्सम्यान अफगानी बलरसामु खुल्न सकेनन् । नेपालले २१ रन बनाउँदा महत्वपूर्ण ४ विकेट विकेट गुमाएको थियो । अफगानिस्तानी बलर पूर्ण रूपले हाबी हुँदा नेपालको ब्याटिङ दयनीय भएको हो । आरिफ सेख र रोहितकुमार पौडेलले पाँचौँ विकेटका लागि ५३ रनको अर्धशतकीय साझेदारी गरेपछि नेपाल केही सम्हालियो । कप्तान आरिफ २० रनमै पेभिलियन फर्किएपछि पुनः नेपालको पतन सुरु भयो । आरिफ आउट हुँदा नेपाल ७४–५ को स्थितिमा थियो । आरिफले ४६ बलमा २ चौका प्रहार गरेका थिए ।

रोहितको प्रयास
कप्तान आरिफ आउट भएपछि रोहितले इनिङ सम्हाले । तर, उनलाई अन्य ब्याट्सम्यानले गतिलो साथ दिएनन् । नवौँ क्रमका ब्याट्सम्यान रसिद खानसँग रोहितले आठौँ विकेटका लागि ३८ रनको साझेदारी गर्दै नेपाललाई ११९–८ को स्थितिमा पु-याए । रसिद खानले ३० रनको योगदान दिए । रोहित ८८ बलमा ४६ रन बनाएर आउट भए । नेपालको इनिङमा ४ ब्याट्सम्यानले दोहोरो रन बनाए । नेपाललाई सस्तैमा समेट्न अफगानिस्तानका अजमातुल्लाहले ४ विकेट लिए । अहमद र अब्दुल रहमानले समान २ विकेट लिएका थिए ।

७५ बलअगावै लक्ष्य पूरा
अफगानिस्तानले ७५ बलअगावै ७ विकेट गुमाएर लक्ष्य पूरा ग-यो । अफगानिस्तानका लागि ६ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाएका थिए । कप्तान तथा ओपनर रहमनउल्लाह गुर्वाजले सर्वाधिक २६ रन बनाए । अब्दुल रहमानले ८ रनमा अविजित साथ दिएका थिए । त्यस्तै, इजाजले १६ रन बनाउँदा थप दोहोरो अंकको स्कोरका रूपमा रियाज हुसानले ११ रन बनाए । नेपालका लागि सूर्य तामाङले सर्वाधिक ४ विकेट लिए । तामाङले ८.३ ओभर बलिङ गर्दै ३६ रन खर्चिएका थिए ।

भारत र अफगानिस्तान अघिल्लो चरणमा
प्रतियोगिताको समूह एमा नेपाल र युएईलाई पराजित गरेसँगै भारत र अफगानिस्तानले अघिल्लो चरणमा स्थान पक्का गरे । भारत र अफगानिस्तान दुवैले नेपालसहित युएईलाई पराजित गरेका थिए । प्रतियोगितामा अब भारत र अफगानिस्तानले समूह विजेताका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले प्रतियोगिताको अन्तिम खेलमा युएईको सामना गर्नेछ ।

The post नेपाल समूह चरणबाटै बाहिरियो appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2DMmge3

No comments:

Post a Comment

Post Bottom Ad

Pages