मालपोत कार्यालय सुर्खेतले कार्यालय परिसरमा लेखापढी गर्न रोक लगाएको छ । मालपोत कार्यालयमा लेखापढी व्यवसाय गरिरहेका व्यवसायीहरुले अबदेखि कार्यालय परिसरमा प्रवेश समेत नपाउने भएका हुन् ।
भुमि तथा अभिलेख व्यवस्था विभागले मालपोत कार्यालय परिसरमा व्यवसाय गर्दै आएका व्यवसायीलाई हटाउन परिपत्र गरेपछि मालपोत कार्यालयले व्यवसायीलाई रोक लगाएको हो । विभागले मालपोत कार्यालयलाई दश बुँदे निर्देशन पठाएर अनाधिकृत व्यक्तिलाई कार्यालय प्रवेशमा रोक लगाउनदेखि टोकन प्रणाली लागू गर्नेसम्मका निर्देशन दिएपछि मालपोत कार्यालयले विभागको परिपत्र कार्यान्वयन गरेको मालपोत कार्यालय सुर्खेतका प्रमुख लक्ष्मीकुमार विश्वकर्माले बताए ।
दलाली र विचौलियाहरुका कारण सेवाग्राहीहरुले प्रत्यक्ष रुपमा कर्मचारीसंग भेट गर्न समेत नसक्ने अवस्था आएपछि व्यवसायीलाई हटाउनु परेको उनको भनाई छ । ‘कार्यालय अघि सशस्त्रको क्याम्प र सडक किनारामा बस्दा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ’ कार्यालय प्रमुख विश्वकर्माले भने, ‘प्रमुख जिल्ला अधिकारी, लेखापढी व्यवसायीहरु र कार्यालयबीच तत्कालका लागि सहज रुपमा काम गर्ने वातावरण तय गर्ने विषयमा छलफल भए पनि दिर्घकालिन रुपमा उनीहरुलाई कार्यालय परिसरमा बस्न भने दिँदैनौं ।’
कार्यालय परिसरबाट हटाइएका व्यवसायीहरु सडक किनारामा बसेपछि ट्राफिक प्रहरीले त्यहाँबाट समेत हटाएो थियो । विभागले सेवाग्राही मात्रै कार्यालयमा प्रवेश गर्न पाउनु पर्ने, लेखापढी व्यवसायीहरुले कार्यालय परिसर बहिरबाटै सेवा प्रवाह गर्नुपर्ने, व्यवसायीहरुले अनिवार्य रुपमा परिचयपत्र लगाएर कार्यालयको शुरुको प्रवेश विन्दुमा मात्र जान पाउने, उनीहरुको सम्पुर्ण विवरणमा सम्वन्धित कार्यालयमा दर्ता भएको हुनुपर्ने उल्लेख छ ।
लेखापढी व्यवसायीहरुले लिनुपर्ने शुल्क रकम जिल्ला न्याय क्षेत्र समन्वय समितिले निर्धारण गर्नुपर्ने, कार्यालय परिसरमा रहेका लेखापढी व्यवसायीहरुका संरचना कार्यालय मातहतमा ल्याइने, सेवाग्राहीहरुका लागि फाँट अनुसार टोकन प्रणालीको व्यवस्था गर्न मातहतका कार्यालयलाई विभागले निर्देशन दिएको छ ।
The post सुर्खेत मालपोत कार्यालयमा लेखापढी गर्न नपाइने appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2xR2rwM

No comments:
Post a Comment