सहरमा मासु काटेर बिक्री गर्ने (बुचर) काम निश्चित जाति विशेषले गथ्र्यो । बाहुन–क्षेत्री मासुको कारोबारमा संलग्न थिएनन् । अझ कुखुराको मासु ! बाहुनको घरमा त छिराउन पनि पाइँदैनथ्यो । बुचर भनेपछि हेयको नजरले हेरिन्थ्यो ।
त्यसवेला मासु काट्ने आधुनिक स्लटर हाउस थिएनन् । झिंगा भन्किने, दुर्गन्धित र अव्यवस्थित पसलबाट मासु किनेर खानुपर्ने बाध्यता थियो । ब्रोइलर कुखुराको मासु खाने चलन त्यति धेरै थिएन । कुखुरापालन व्यावसायिक भइसकेको थिएन । तर, एकाध व्यक्ति पोल्ट्री क्षेत्रमा सक्रिय देखिन्थे ।
साढे तीन दशकअघि पोल्ट्री क्षेत्रमा छिरेका श्रीकृष्ण घिमिरे, हरिकृष्ण रावल र सानुबाबु बिन्दुकारले गुणस्तरीय मासु उत्पादनमा ठूलो परिवर्तन नै ल्याए । पोल्ट्रीमा काम गर्ने क्रममा भेट भएका यी तीनजनाले आधुनिक स्लटर हाउसको रूपरेखा तयार पारे । ‘अनि स्थापना भयो, भ्याली कोल्ड स्टोर,’ भ्याली कोल्ड स्टोरका निर्देशक बाबुराजा रावल स्थापनाकालको कथा सुनाउँछन् ।
तीनजनाबीच गुणस्तरीय मासु बिक्री गर्ने योजना बन्यो । केही समय अनुसन्धान गरे । अन्ततः बाहुन, क्षेत्री र नेवारको संयुक्त प्रयासमा ०४१ सालमा भ्याली कोल्ड स्टोर सञ्चालमा आयो । उनीहरूले अत्याधुनिक बधशाला र सुरक्षित मासु भण्डार स्थापना गरेर गुणस्तरीय मासु बिक्री थाले । त्यो यात्रा अहिले पनि जारी छ ।
अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सेमी अटोमेटेड मेसिन जडान गरेर स्वस्थकर मासु उत्पादन र बिक्री गर्दै आइरहेको निर्देशक रावल बताउँछन् । नेपालको पोल्ट्री क्षेत्रलाई अहिलेको उचाइमा पुर्याउन भ्याली कोल्ड स्टोरको महत्वपूर्ण योगदान छ । भ्यालीले पोल्ट्री क्षेत्रमा भएका परिवर्तनलाई आत्मसात् गर्दै व्यवसायलाई आधुनिक बनाउँदै आइरहेको छ ।
नेपालमा कुखुराको स्वस्थकर मासु उत्पादन र खपत बढ्दै गइरहेको छ । भ्यालीले उपभोक्तालाई स्वस्थकर मासु मात्र उपलब्ध गराइरहेको छैन, ब्रोइलर कुखुराको मासु खाने संस्कार पनि विकास गरेको छ । विश्वबजारमा विकसित पोल्ट्रीसम्बन्धी अत्याधुनिक प्रविधि पनि भित्र्याउँदै आएको छ । अरूलाई पनि अन्तर्राष्ट्रिय स्तरको प्रविधि आत्मसात् गर्न प्रोत्साहित गरिरहेको छ ।
स्थापनाकालदेखि भ्यालीले गुणस्तरीय मासु उत्पादनमा जोड दियो । स्वस्थकर मासुका लागि चल्ला र दाना पनि गुणस्तरीय हुनुपर्छ । र, कुखुरा पाल्ने तरिका पनि विधिवत् हुनुपर्छ । गुणस्तरलाई पहिलो सर्त बनाएको भ्यालीले सिक्दै, सिकाउँदै र व्यवहारमा उतार्दै अगाडि बढ्यो ।
तारे होटेलमा आपूर्ति
बहुराष्ट्रिय चेन रेस्टुरेन्ट केन्टुकी फ्राइड चिकेन (केएफसी)ले विदेशबाट मासु आयात गथ्र्यो । नेपालमा उत्पादित मासुको गुणस्तरप्रति शंका गर्दै केएफसीले ब्राजिललगायत मुलुकबाट कुखुराको मासु ल्याउँथ्यो । तर, पछिल्लो समय केएफसीलाई भ्याली कोल्ड स्टोरले मासु आपूर्ति गर्दै आइरहेको निर्देशक रावल बताउँछन् ।
गुणस्तरसम्बन्धी मापदण्ड पूरा गरेपछि केएफसीले भ्याली कोल्ड स्टोरको मासु लैजान थालेको हो । उनका अनुसार भ्यालीले पाँचतारे होटेल, चल्तीका रेस्टुरेन्ट, फ्लाइट क्याटरिङ, पार्टी प्यालेस, डिपार्टमेन्टल स्टोरमा मासु आपूर्ति गरिहेको छ । रावल भन्छन्, ‘यसैबाट पनि गुणस्तरीय मासु उत्पादन मापदण्ड पूरा गरिरहेको स्पष्ट हुन्छ ।’स्थापनाको साढे तीन दशकमा भ्याली ग्रुपले पोल्ट्री व्यवसायको दायरा फराकिलो बनाइसकेको छ ।
अझै व्यवसाय विस्तार, आधुनिकीकरण र गुणस्तरीय मासु उत्पादनका थप योजना अगाडि सारेको छ। प्रशोधित मासु, रेस्टुरेन्ट, पोल्ट्री, दानालगायत क्षेत्रमा भ्यालीले लगानी बढाइरहेको छ । भ्यालीले पोल्ट्री क्षेत्रलाई आधुनिक, व्यवस्थित र व्यावसायिक बनाउन कृषकलाई कुखुरा पालन तालिम प्रदान गर्दै आइरहेको निर्देशक रावल बताउँछन् ।
भ्यालीले उपभोक्तालाई स्वस्थकर मासु मात्र उपलब्ध गराइरहेको छैन, ब्रोइलर कुखुराको मासु खाने संस्कार पनि विकास गरेको छ । विश्वबजारमा विकसित पोल्ट्रीसम्बन्धी अत्याधुनिक प्रविधि पनि भित्र्याउँदै आएको छ ।
दैनिक ४५ सय कुखुरा स्लटर
भ्याली ग्रुपले दैनिक ४५ सय कुखुरा स्लटर (प्रशोधन) गर्छ । सुरुवाती समयमा ड्रेसिङ मासु मात्र बिक्री गर्ने भ्यालीले अहिले ‘रेडी टु कुक’ र ‘रेडी टु इट’ आइटम पनि उपलब्ध गराउँदै आएको छ । भ्यालीले तयार पारेको काँचो मासुका विभिन्न आइटम डिपार्टमेन्टल स्टोरमा पनि किन्न पाइन्छ । विथबोन मासु, बोनलेस मासु, विभिन्न ‘पार्ट’को मासु, सजेज, पकाउन तयारी मःमःलगायत विभिन्न आइटम प्याकेटमा पाइन्छ ।
भ्याली एक्सप्रेस रेस्टुरेन्ट
सहरका ग्राहकलाई मासुका स्वादिला परिकार चखाउन भ्याली एक्सप्रेस रेस्टुरेन्ट सञ्चालनमा छ । रेस्टुरेन्टमा ग्रिल्ड चिकेन, चिकेन बर्गर, फ्राइड चिकेन, ससेज मिल, चिकेन पपकर्न, मःमःलगायत परिकारको स्वाद लिन पाइन्छ ।
भ्यालीले काठमाडौंमा तीन र चितवनमा एउटा चेन रेस्टुरेन्ट स्थापना गरिसकेको छ । छिट्टै एयरपोर्टमा नयाँ आउटलेट खोल्ने तयारी भइरहेको निर्देशक रावल बताउँछन् । भ्याली एक्सप्रेस रेस्टुरेन्टलाई देशका प्रमुख सहरमा फैलाउने योजना छ ।
आफ्नै प्रयोगशाला
गुणस्तर नियन्त्रणका लागि भ्यालीको आफ्नै प्रयोगशाला छ । भ्यालीले गुणस्तरीय उत्पादनको आइएसओ २२०००ः२००५ र हलाल सर्टिफिकेट प्राप्त गरिसकेको छ । पर्यटकका रूपमा नेपाल आउने मुस्लिम समुदायलाई मध्यनजर गरेर भ्यालीले हलाल सर्टिफिकेट ल्याएको हो ।
मुस्लिम समुदायले हलाल मासु मात्र उपभोग गर्छ । पर्यटकलाई सेवा दिने होटल÷रेस्टुरेन्टले पनि हलाल मासु खोज्ने गरेको रावल बताउँछन् । ‘हलाल सर्टिफाइड यत्तिकै भइँदैन, निश्चित मापदण्ड पूरा गर्नैपर्छ,’ उनी भन्छन्, ‘गुणस्तर सम्बन्धी सर्टिफिकेट खाद्य स्वच्छता सुधारको प्यारामिटर पनि हो ।’
यस्ता सर्टिफिकेसनले गुणस्तरीय उत्पादनको प्रत्याभूति गर्दछ । गुणस्तर नियन्त्रण गर्न एकीकृत प्रयोगशाला निर्माण गर्ने योजना छ ।
भ्याली ग्रुपका उत्पादन
भ्याली ग्रुप गुणस्तरीय चल्ला र दाना उत्पादनमा आफँै अघि सरेको छ । एकदिने चल्ला उत्पादनका लागि अन्तर्राष्ट्रिय मापदन्डको ब्रिडिङ फार्म तथा ह्याचरी सञ्चालनमा ल्याएको छ । भ्याली फिड उद्योग (०४६)ले ब्रिडर र लेयर्स जातका कुखुराका लागि सन्तुलित दाना उत्पादन गर्छ ।
यो उद्योगको उत्पादन क्षमता प्रतिघन्टा १० टन रावल बताउँछन् । यस्तै, ०५८ सालमा भ्याली पोल्ट्री खोलेर उच्च नश्लको एकदिने चल्ला उत्पादन गरी बिक्री/वितरण गरिरहेको छ ।
भ्याली ग्रुपले ०६५ सालमा भ्याली पेलेट फिड उद्योग स्थापना गरेर पूर्ण स्वचालित मेसिनबाट दाना उत्पादन गर्दै आएको छ । यसमा अन्तर्राष्ट्रिय स्तरको पूर्ण स्वचालित बुलर प्लान्ट, कच्चा पदार्थ तथा उत्पादित दानाको गुणस्तर परीक्षण गर्ने आधुनिक प्रयोगशाला पनि छ ।
भ्यालीको मस्र्याङ्दी पोल्ट्री फार्मबाट एकदिने गुणस्तरीय चल्ला उत्पादन र बिक्री भइरहेको छ । अत्याधुनिक बधशाला र सुरक्षित मासु भण्डारण पनि सञ्चालनमा ल्याएको छ ।
नेपालको पोल्ट्री क्षेत्रलाई अहिलेको उचाइमा पुर्याउन भ्याली कोल्ड स्टोरको महत्वपूर्ण योगदान छ । भ्यालीले पोल्ट्री क्षेत्रमा भएका परिवर्तनलाई आत्मसात् गर्दै व्यवसायलाई आधुनिक बनाउँदै आइरहेको छ ।
धादिङमा ‘स्लटर हाउस’
भ्याली ग्रुपले धादिङमा अन्तर्राष्ट्रिय मापदण्डको ठूलो स्लटर हाउस (कुखुरा प्रशोधन केन्द्र) सञ्चानमा ल्याउँदै छ । स्लटर हाउसको क्षमता दैनिक ६ हजार कुखुरा प्रशोधन गर्ने हुनेछ । नयाँ स्लटर हाउसमा करिब ५० करोड रुपैयाँ लगानी हुने रावल बताउँछन् । पुरानो स्लटर हाउस भएको ठाउँमा टे«निङ इन्स्टिच्युट खोल्ने योजना छ, ताकि पोल्ट्रीमा दक्ष जनशक्तिको अभाव नहोस् ।
झापामा दाना उद्योग खोल्ने तयारीमा ग्रुप छ । आधुनिक फार्मबाट व्यावसायिक कुखुरा पालन गर्ने योजना बनाएको छ । आधुनिक प्रविधियुक्त ठूलो फार्मिङमा सञ्चालनमा ल्याउन सकेमा उत्पादन लागत घट्ने र मूल्य स्थिर राख्न सहयोग पुग्ने विश्वास रावलको छ । उनी भन्छन्, ‘भ्यालीको पहिलो सर्त सुलभ मूल्यमा गुणस्तरीय मासु उपलब्ध गराउनु पनि हो ।’
उपभोक्ताको प्रतिक्रिया र विज्ञको सुझाब÷सल्लाह लिएर सुधारको काम गरिरहेको भ्याली ग्रुपमा करिब ८ सयले प्रत्यक्ष रोजगारी पाएका छन् । अप्रत्यक्ष रोजगारी पाउने तीन हजारभन्दा बढी छन् । बजारमा अत्याधुनिक हाइजेनिक मासु पसल बढ्नुमा भ्यालीले प्रेरित गरेको भन्दा फरक पर्दैन ।
‘कम्प्लिट मिट सप’
भ्याली ग्रुपको कुखुराको मासु मुख्य व्यवसाय हो । तर, माछा, खसीबोका, सी–फुड र फ्रोजन फुड पनि बिक्री हुन्छ । स्टोरलाई ‘कम्प्लिट मिट सप’ बनाउन त्यसो गरिएको हो । भ्याली कोल्ड स्टोरमा खसी–बोका र माछा बेच्नका लागि छुट्टै व्यवसायीलाई जिम्मा दिइएको छ । साथै, अरू पशुपक्षीको मासु पनि उपलब्ध गराउने योजनामा भ्याली लागेको छ ।
भ्याली ग्रुपले नेपालमा पोल्ट्री र स्लटर हाउसलाई आधुनिकीकरण गर्दै नेतृत्वदायी भूमिका खेलेको पाइन्छ । समयअनुसार विश्वबजारमा विकसित नयाँ प्रविधि पनि भित्र्याइरहेको छ । किसानलाई तालिम दिएर गुणस्तरीय कुखुरा पाल्न भ्यालीले नै प्रेरित गरिरहेको छ । भ्यालीले गुणस्तर मापदण्ड पूरा गरी बहुराष्ट्रिय कम्पनीलाई मासु आपूर्ति गरेर अब्बल दरियो । जसका कारण विदेशबाट कुखुराको मासु आयात हुने क्रम रोकिन मद्दत पुगेको छ ।
आगामी योजना
भ्याली ग्रुपका दर्जनौँ योजना छन् । धादिङमा अन्तर्राष्ट्रिय स्तरको स्लटर हाउस स्थापना पहिलो प्राथमिकतामा छ । यस्तै, ह्याचरी युनिटको विस्तार गर्ने, आधुनिक फार्म निर्माण गरी व्यावसायिक कुखुरा पालन गर्ने, स्वस्थकर मासु बिक्री कक्ष विस्तार गर्ने योजना भ्यालीको छ । गुणस्तरका लागि एकीकृत प्रयोगशाला निर्माण पनि प्राथमिकतामा रहेको रावल बताउँछन् ।
The post भ्याली कोल्ड स्टोर गुणस्तरीय मासु उत्पादनमा अग्रणी appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2DLF2BZ




No comments:
Post a Comment