कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका वास्तविक हत्यारा सार्वजनिकको माग राख्दै नेपाल विद्यार्थी संघले मंगलबार कञ्चनपुर बन्द गरेको छ । सरकारले वास्तविक हत्यारा सार्वजनिक गर्न ढिलाई गरेको भन्दै नेविसंघले दवाव स्वरुप जिल्ला बन्द गरेको हो ।
नेवि संघका नेता कार्यकर्ताले बिहान ७ बजेदेखि पूर्वपश्चिम महेन्द्रराजमार्ग लगायत महेन्द्रनगरका विभिन्न ठाँउमा टायर बालेर प्रर्दशन गरेका छन् । बन्दले कञ्चनपुरदेखि विभिन्न छोटो तथा लामो दुरीका सवारी साधान चल्न नसक्दा यात्रु अलपत्र परेका छन् । रोजगारी गरि दशैँ तिहारका बेला घर फर्केका परदेशी सवारी साधन चल्न नसक्दा चर्को भाडा तिरेर अटो, रिक्सा र मोटरसाईकलमा यात्रा गर्न बाध्य भएका छन् ।
बन्दका कारण शिक्षण संस्था, विद्यालय, कलकारखाना, उद्योग बजार बन्द हुँदा उपभोक्ता मारमा परेका छन् । नेवि संघ केन्द्रीय सदस्य एव जिल्ला संयोजक गणेश भट्टले सरकारले वास्तविक हत्यारा लुकाउन खोजेकाले नेवि संघ पुनः आन्दोलित भएको बताए ।
बन्दका कारण कञ्चनपुरका विद्यालय निरीक्षक रुपराम तिरुवाले उक्त सामुदायिक विद्यालयमा अध्ययनरत ७० हजार विद्यार्थीको पढाई प्रभावित भएको बताए । सरस्वती माध्यामिक विद्यालय कक्षा ९ मा अध्ययनरत विद्यार्थी छात्रा निर्मलाका वास्तविक हत्यारा तुरुन्तै सार्वजनिकको माग राख्दै आन्दोलन गर्नु परेको नेताहरुले बताएका छन् । उनका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म एक दिने बन्दको कार्यक्रम रहेको छ ।
नेवि संघका केन्द्रीय सहमहामन्त्री अच्युतराज कलौनीले सरकारले सुशासन, भ्रष्टाचार रोक्न नसक्दा बाध्य भएर आन्दोलिन हुनु परेको बताए । उनले सरकारले नैतिकता गुमाएको बताउँदै वास्तविक हत्यारा सार्वजनिक गर्न सुझाव दिए । कञ्चनपुर प्रहरीले निर्मला हत्याकाण्ड न्यारोडाउन विधीबाट अनुसन्धान भइरहेको जनाएको छ ।
The post निर्मला बलात्कार र हत्या प्रकरण : नेवि संघद्वारा कञ्चनपुर बन्द appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2DN7ljw

No comments:
Post a Comment