काठमाडौं। कास्की पोखरामा आगामी १४, १५ र १६ मंसिरमा ‘निवेदिता कलर दि ड्रिम अन्तर्राष्ट्रिय लियो सम्मेलन–२०१८’ हुने भएको छ । लायन्स क्लब अन्तर्राष्ट्रियअन्तर्गत रहेर विभिन्न सामाजिक कार्य गर्दै अएको लियो जिल्ला परिषद् ३२५ बी १ नेपालले पोखरामा अन्तर्राष्ट्रिय लियो सम्मेलन गर्न लागेको हो ।
युवा नेतृत्व तथा व्यक्तित्व विकास, कला संस्कृति प्रचारप्रसार, भ्रातृत्व र नेपाल भ्रमण वर्ष–२०२० प्रवद्र्धनका लागि समेत सम्मेलन आयोजना गर्न लागिएको लियो जिल्ला परिषद् अध्यक्ष लियो विशाल रिजालले जानकारी दिए । ‘निवेदिता कलर दि ड्रिम अन्तर्राष्ट्रिय लियो सम्मेलन–२०१८’ कास्की धम्पुसमा आगामी १४ बाट १६ मंसिरसम्म तीन दिनका लागि सम्मेलन आयोजना गरेका छौं,’ लियो जिल्ला परिषद् अध्यक्ष रिजालले भने । उनका अनुसार सम्मेलनमा भारत, बंगलादेश, इन्डोनेसिया, पाकिस्तानलगायत एसियाली तथा युरोपेली राष्ट्र प्रतिनिधि सहभागी हुने जनाइएको छ ।
कार्यक्रममा प्रशिक्षकका रूपमा बेलायतबाट प्रमाणडित सुजय पौल, भारत हरियाणामा ‘रही द इन्स्पिरिङ टक’ कार्यक्रम चलाइरहेका विजय गौतमलगायत नेपाली प्रशिक्षकले पनि सहभागीलाई प्रशिक्षण दिनेछन्् ।
सम्मेलनमा भाग लिन आउने अन्तर्राष्ट्रिय प्रतिनिधिलाई काठमाडौं उपत्यकाका पर्यटकीयस्थलसहित लुम्बिनी, पोखरालगायतका पर्यटकीय गन्तव्यसमेत अवलोकन गराइने आयोजक संस्थाका सदस्य लियो प्रकाश थापा क्षत्रीले जानकारी दिएका हुन् । ५ सयभन्दा बढी स्वदेशी तथा विदेशी लियो सदस्य सहभागी हुने अपेक्षा गरिएको कार्यक्रममा प्रशिक्षणपछि विभिन्न पहिचान झल्किने सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन गरिनेछ । करिब २० लाखको लागतमा सम्पन्न गर्ने लक्ष्य लिइएको सम्मेलन धम्पुसस्थित धौलागिरि भ्यु होटलमा हुने छ । सम्मेलन ‘मिडिया पार्टनर’का रूपमा राजधानी दैनिक रहेको छ ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2TrJkm3
No comments:
Post a Comment