मुस्ताङ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र छेङ्गुरवासीको यतिबेला एउटै सपना छ । गाउँमा उच्चशिखर अर्थात् (हाइअल्टिच्युट) खेलग्राम तालिम केन्द्र बनोस् । यो छेङ्गुरवासीको धेरै पहिलेको सपना थियो । उनीहरूले यसका लागि बेलाबेलामा गाउँमाथिको छेङ्गुर आधारभूत विद्यालयअगाडिको पाखो सम्याउँदै स्तरोन्नति गर्दै आए ।
अहिले यही सपना पूरा गर्न गाउँपालिकाले समेत सक्रियता देखाएको छ । गाउँपालिकाको समन्वयमा गाउँवासी, क्लब र आमा समूहले समेत विभिन्न आर्थिक स्रोत निर्माण जुटाएर हाइअल्टिच्युट खेल मैदान सम्याउनेदेखि फराकिलो बनाउने कार्य गरिरहेका छन् ।
गाउँमा उच्चशिखर खेलग्राम बन्यो भने हाम्रो गाउँको विकास हुन्छ अनि पर्यटनक्षेत्रमा समेत श्रीवृद्धि हुन्छ भन्ने उनीहरूको मनसाय छ । अहिले उनीहरू यही सपनामा आशावादी भएर पर्खाइमा बसेका छन् । नजिकैको ५ सय मिटर पर मुक्तिनाथ मन्दिर अवस्थित रहे पनि आफ्नो गाउँ ओझेलमा परेको पीडा उनीहरूमा छ । यसकोे माध्यमबाट गाउँमा हाइअल्टिच्युट खेलकुद तालिम केन्द्रको विकास गर्न सकियोस् भनेर लागी परेको मुखिया चप्के गुरुङको सोच छ । ‘नजिकै रहेको मुक्तिनाथ रानीपौवामा पर्यटकको रौनक छ, हाम्रो गाउँ गुमनाम छ ।, अब त हामीले खेलकुद हाइअल्टिच्युटको निकै धेरै पूर्वाधार बनाइसकेका छौं, प्रदेश सरकारले केही गरिदिए हुन्थ्यो ।’
आशावादी हुँदै गुरुङले भने, ‘यसका लागि हाम्रो हरेक प्रकारको सहयोग र समर्थन रहन्छन् ।’ उनका अनुसार छेङ्गुर गाउँमाथिको पाखो हाइअल्टिच्युट खेलकुद मैदानका लागि उपयुक्त सुहाउँदो स्थान रहेको भएको दाबी गरे । उनले छेङ्गुर गाउँ रिङरोडले जोडिएको, अन्नपूर्ण पदमार्ग हुँदै पर्यटक थोरङ्लापास गर्दै आइपुग्ने स्थान भएकाले यहाको भूगोल उपयुक्त भएको जानकारी दिए ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2A7wsbN
No comments:
Post a Comment