काठमाडौं । विश्व बैंकले नेपाललाई विकासको लक्ष्य हासिल गर्न सहयोग गर्ने भएको छ । दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष हार्टिग साफरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्दै सो सहयोग गर्ने जानकारी दिएका हुन् । बैंकले नेपालले प्राथमिकतामा राखेका विकासका विभिन्न परियोजनामा सहयोग गर्न लागेको बताए ।
उपाध्यक्ष साफरले अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि भेटेका छन् । उनले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग पनि भेट गरे । भेटमा जलस्रोत, ऊर्जा तथा पर्यटनजस्ता विषयमा सकारात्मक छलफल भएको बताए । साफर नेपालको पाँचदिने नेपाल भ्रमणमा थिए । सो भ्रमणका क्रममा उनले भूकम्पपश्चात् पुनर्निर्माण गरिएका घरको पनि अवलोकन गरे ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2KcScHT
No comments:
Post a Comment