पाखा बन्यो छाउगोठमुक्त गाउँ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, November 19, 2018

पाखा बन्यो छाउगोठमुक्त गाउँ

 

कालिकोट। जिल्लाको खाडाचक्र नगरपालिकावडा–९ र १० पाखाचौकीलाई छाउगोठमुक्त गाउँ घोषणा गरिएको छ ।

वडामा रहेका सबै गोठ भत्काएर महिनावारी भएका महिलाहरू सुरक्षित रूपमा घरभित्रै बस्न थालेपछि उक्त गाउँलाई छाउगोठमुक्त वडा घोषणा गरिएको हो ।

सो नगरपालिकामा रहेका ११ वटा वडामध्ये ५ र ८ वडा यसअघि नै छाउगोठमुक्त घोषणा भइसकेको एक्सन वक्र्स बी ग्रुपका जिल्ला संयोजक दमिला शाहीले जानकारी दिइन् ।

कार्यक्रम लागू भएको लामो समय भए पनि स्थानीय सरकार आएपछि गाउँलाई छाउगोठमुक्त बनाउन ठूलो सहयोग भएको उनले बताइन् ।

अबदेखि छाउप्रथा नमान्ने, गोठमा नबस्ने, खान बस्नमा विभेद नगर्ने भन्दै वडावासीले सामूहिक प्रतिबद्धता जनाएका छन् । खाँडाचक्र नगरपालिका–८ का वडाध्यक्ष गोविन्दबहादुर मल्ल तथा प्रतिनिधिसभाका सदस्य दुर्गाबहादुर रावतसहित घोषणसभामा सामूहिक प्रतिबद्धता भएको भन्दै छाउगोठमुक्त वडा कार्यक्रममा महिलालाई महिनावारी भएको समयमा सुरक्षित बास र पोसिलो खानेकुरा खुवाउने तथा घरबाहिर नबसाल्ने वाचा सबैले गरेका थिए ।

प्रतिनिधिसभाका सदस्य तथा घोषणासभाका प्रमुख अथिति दुर्गाबहादुर रावतले सभामा बोल्दै छाउपडी प्रथा उन्मूलनका लागि सामूहिक अभियान थाल्नुपर्नेमाजोड दिए ।

सामाजिक कुसंस्कारका रूपमा रहेको छाउपढी प्रथा उन्मूलन गर्नु सबैको दायित्व भएको उनले बताए ।खाँडाचक्र नगरपालिकाका ८ र ९ वडामा रहेका ७११ घरधुरी अब छाउगोठमुक्त भएको वडाध्यक्ष मल्लले बताए ।

छाउपढी प्रथाको अन्त्यका लागि आफूबाटै सुरुवात गरेको उनले बताए । परम्परागत रूपमा प्रचलनमा रहेका सकारात्मक कुराको संरक्षण र गलत कुराको अन्त्य गर्न युवाले नेतृत्व लिनु आवश्यक रहेको उनले बताए ।



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2DwgwmE

No comments:

Post a Comment

Post Bottom Ad

Pages