दक्ष नेपाली कामदार लैजान आग्रह - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 21, 2018

दक्ष नेपाली कामदार लैजान आग्रह

काठमाडौ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई पक्षीय सीधा हवाई सेवा सुरु गर्न जापानसँग प्रस्ताव गरेका छन् । जापान भ्रमणमा रहेका मन्त्री ज्ञवालीले समकक्षी तारो कोनोसँगको भेटमा दुई देशबीच सीधा हवाई सेवा सुरु गर्न प्रस्ताव गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० र पर्यटन प्रवद्र्धनमा सहयोग गर्न पनि मन्त्री ज्ञवालीले जापानलाई यस्तो आग्रह गरेका हुन् । नेपालले हालै भिœयाएका दुईवटा वाइड बडी विमानका लागि गन्तव्य खोज्ने क्रममा नेपालले सीधा हवाई उडानका लागि जापानसँग प्रस्ताव गरेको हो ।

गत असारमा नेपाल र जापानबीच द्विपक्षीय हवाई सम्झौता पुनरावलोकनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । दुई देशबीच हवाई सम्झौतामा पुनरावलोकन भएसँगै नेपाललाई जापान जाने बाटो खुलेको थियो । दुई देशबीच सातामा १४ उडान भर्ने सो सम्झौतामा उल्लेख छ ।

यसैबीच, परराष्ट्रमन्त्री ज्ञवालीले मंगलबार जापानी लगानीकर्ता तथा व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । टोकियोमा आयोजित नेपाल लगानी सेमिनालाई सम्बोधन गर्दै उनले जापानले नेपालको विकास र कृषिको आधुनिकीकरण, हाइड्रोपावर, भौतिक पूर्वाधार, आईटी, पर्यटनलगायको क्षेत्रमा लगानी गर्ने सम्भावना प्रचुर रहेको आंैल्याए ।

नेपाली दूतावास, जापान बाह्य व्यापारी संस्था (जेट्रो) र युनिडो लगानी तथा प्रविधि प्रवद्र्धन कार्यालय टोकियोको संयुक्त आयोजनामा सो सेमिनारमा

 



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2DQetes

No comments:

Post a Comment

Post Bottom Ad

Pages