राष्ट्रिय सडक सञ्जालमा जोडियो डोल्पा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 21, 2018

राष्ट्रिय सडक सञ्जालमा जोडियो डोल्पा

 

डोल्पा । हिमाली जिल्ला डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । संघीय सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार जाजरकोट डोल्पा सडकको उद्घाटन गरेका छन् ।

जाजरकोटको पासगाडबाट त्रिपुराकोटसम्मको १०३ दशमलव ४ किलोमिटर सडकको कच्ची ट्र्याक सम्पन्न भएसँगै डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो । सडक उद्घाटन भएसँगै डोल्पा आर्थिक समृद्धितर्फ लम्कने र सडकले विकासको बाटो खोल्ने उपप्रधानमन्त्री पोखरलले बताए ।        छलगाडबाट डोल्पा सदरमुकाम दुनैमा यही आर्थिक वर्षभित्र स्तरोन्नतिसहितको सडक नेपाली सेनाले गर्नेमा विश्वस्त रहन उपप्रधानमन्त्री इश्वर पोखरेलले आग्रह गरे ।

कर्णाली भेरी कोरिडोर नाम दिइएको जाजरकोट डोल्पा सडकले औचारिकता पाएसँगै विकट र गरिबीबाट अबका दिनबाट छुटकारा पाउनेसमेत रक्षामन्त्री पोखरेलले बताए । सुँपानी–दुनैखण्डको १४ दशमलव ३ किलोमिटर सडकखण्डको कच्ची ट्र्याक तत्कालीन जिल्ला विकास समितिद्वारा यसअघि नै खुलाई जिप सञ्चालन भइरहेकाले सो खण्डको स्तरोन्नतिको जिम्मेवारी सेनालाई नै दिने बताउँदै सेना बीचैमा निर्माण कार्य छाडेर जान्छ कि भन्ने कुरामा भ्रममा नपर्नसमेत मन्त्रीले डोल्पालीलाई विश्वास दिलाए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकट र गरिबको परिचय बोकेर बसेको कर्णाली प्रदेशलाई अब डोल्पा जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै अब सम्पन्नताको परिचय बदल्नमा साथ दिएको बताए ।

गरिबी र विकटताको परिचय मात्रै नबोकेर कर्णाली प्रदेशले आर्थिक समृद्धिका लागि प्रचुर सम्भावना बोकेको समेत मन्त्री शाहीले दाबी गरे । उनले भने, ‘हामी अबको केही वर्षमा गरिब प्रदेशका नागरिक होइन सम्पन्न प्रदेशका नागरिक हुन्छौं ।’ डोल्पा अब समृद्धितिर जानेमा कुनै शंका नर्गनसमेत आग्रह गरे ।

सेनाले सरकारले दिएको जिम्मेवारी इमानदारीपूर्वक भनेकै समयमा पूरा गर्नुका साथै राज्यको विकासका लागि सदैव लागी परिरहेको बताउँदै थप जिम्मेवारी दिएको खण्डमा जिम्मेवारी पूरा गर्न नेपाली सेना प्रतिबद्ध रहेको प्रधानसेनापति पूर्णचन्द्र थापाले बताए ।

त्रिपुरा सुन्दरी नगरपालिकाको त्रिपुराकोटसम्म पहिलो चरणको कच्ची ट्र्याक खुलाउने काम सम्पन्न भएसँगै डोल्पा पूर्णरूपमा सडक सञ्जालमा जोडिएको छ । सेनाले जिम्मा लिएको जाजरकोट डोल्पाको

सँुपानीसम्मको ट्र्याक खुलेसँगै डोल्पा जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो ।

सडक उद्घाटन कार्यक्रममा सहभागी हुन मंगलबार मन्त्री इश्वर पोखरेलसहितको टोली सेनाको हेलिकोप्टरबाट डोल्पा पुगेको हो । सेनाकै हेलिकोप्टरबाट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पर्यटनमन्त्री नन्दसिंह बुढालगायतको टिम सहभागी भएको थियो ।

 

 



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2S3v1mg

No comments:

Post a Comment

Post Bottom Ad

Pages