कलेजोको वरिपरि अत्यधिक मात्रामा बोसो जमेर धमनीलाई साँघुरो भई रक्तसञ्चारमा समस्या सिर्जना हुन्छ, जसलाई फ्याटी लिभर समस्या भनिन्छ । आजभोलि धेरैजसो मानिसमा फ्याटी लिभर अर्थात् कलेजोमा बोसो जम्ने समस्या देखा पर्ने गरेको पाइन्छ । अधिकांशले फ्याटी लिभर भएको थाहा पाउँदैनन् र समस्या जटिल बन्ने गर्दछ । जसलाई भिडियो एक्सरेका मद्दतबाट मात्रै थाहा पाउन सकिन्छ ।

कसरी थाहा पाउने ?
कलेजोमा बोसो जमेको थाहा पाउन युएसजी अर्थात् भिडियो एक्सरे गर्नु अनिवार्य हुन्छ । साथै, यसको कारणले देखिने लक्षणबाट पनि फ्याटी लिभर भएको पत्ता लगाउन सकिन्छ । खाना खान मन नलाग्ने, नपच्ने, वाकवाकी लाग्ने, बान्ता हुने, आलस्य हुने, मुख मिठो नहुने, कम्मरमुनिको दायाँ भाग दुख्ने आदि लक्षण देखा पर्दछन् ।
अत्यधिक मद्यपान, एक्कासि तौल बढ्नु, मधुमेह, हेपाटाइटिस बी, लामो समयदेखि औषधि सेवन, शारीरिक व्यायामको कमी र अस्वस्थ जीवनशैलीका कारण यस्तो समस्या देखा पर्ने गर्दछ । कलेजो बिग्रँदै गएमा स्मरणशक्ति कम हुने, शरीर पहेँलो हुने, कमलपित्त हुने, खुट्टा र पेट सुन्निने, बाँझोपन र नपुंसक हुने, मुख र शरीरका अन्य भागबाट रगत आउनेजस्ता लक्षण देखिन थाल्छन् ।
कसरी बच्ने ?
यो समस्याबाट बच्ने मुख्य उपाय जीवनशैली परिवर्तन गर्नु हो । यसका साथै नियमित व्यायाम, तौल नियन्त्रण, पोषिलो खानेकुराको सेवन, चिल्लो, बोसोयुक्त खानाको प्रयोग नगर्नु, रेसादार खानेकुराको सेवन आदि हुन् । यस्तै, मद्यपान नगर्ने र मधुमेह, हेपाटाइटिस बी, कालेस्ट्रोल र रक्तचापलाई नियन्त्रण राख्न सके फ्याटी लिभरबाट बच्न सकिन्छ । यसका साथै कलेजोमा अत्यधिक मात्रामा बोसो बढ्न नदिन पेट तथा कलेजो रोग विशेषज्ञसँग परामर्श गर्न जरुरी हुन्छ ।
The post के हो फ्याटी लिभर समस्या ? appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2PzK7Tv

No comments:
Post a Comment