पुँजीगत खर्चको विवरण बुझाउन निर्देशन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, November 22, 2018

पुँजीगत खर्चको विवरण बुझाउन निर्देशन

 

 

काठमाडौं।   संसद्को अर्थ समितिले अर्थ मन्त्रालयलगायत सबै मन्त्रालयलाई पुँजीगत खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ । अर्थ मन्त्रालयले पुँजीगत खर्चको योजना बुझाउन लिखित रूपमै माग गरेको थियो । तर, मन्त्रालयले अटेर गरेपछि समितिले पुँजीगत खर्चसम्बन्धी सबै विवरण बुझाउन सात दिनको समय दिएको छ ।

त्यस्तै, समितिले बहुवर्षीय ठेक्कामा दिइएका आयोजनाको विवरण पनि पेस गर्न निर्देशन दिएको छ । समितिले बहुवर्षीय ठेक्का लागेकामा दिइएका त्यस्ता आयोजनाको हालसम्मको अवस्थाका बारेमा पनि विस्तृत रूपमा विवरण पेस गर्न दिर्नेशन दिएको हो । त्यस्तै, समितिले आयोजना प्रमुखको पनि विवरण पेस गर्न भनेको छ ।

समितिको बैठक सुरु हुनेबित्तिकै समिति सभापति कृष्णप्रसाद दाहालले बहुवर्षीय ठेक्कामा स्रोत सुनिश्चित भए÷नभएको पनि विवरण पेस गर्न निर्देशन दिएका थिए । त्यसैगरी, बैठकमा सांसदहरूले रकमान्तरको विवरण पनि माग गरेका थिए ।

नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले प्रदेश तथा स्थानीय तहमा पठाइएका आयोजनामा पर्याप्त स्रोत नभएको बताएका छन् । उनले संविधानमा भएको व्यवस्थाअनुकुल हुनेगरी ती आयोजनाको काम कार्यान्वयन गराउनुपर्ने बताए ।

 



from Rajdhani Daily https://ift.tt/2r02kLy

No comments:

Post a Comment

Post Bottom Ad

Pages