न्युयोर्क, ४ मंसिर । अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । सो घटनापछि उनले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् ।
नाम नखुलेका ती व्यक्तिले एक चिकित्सक, एक फर्मास्युटिकल्स सहयोगी, एक प्रहरी अधिकृतलाई गोली हानी हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका हुन् । तर बीबीसीले भने ३ जनाको हत्यापछि उनले आफैंलाई गोली हाने या प्रहरीको गोलीले मारिए भन्ने नखुलेको लेखेको छ ।
मारिएका महिलामध्ये एक जना महिला रहेको र ती महिलासँग बन्दुकधारीको सम्बन्ध रहेको जनाइएको छ । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।
from Rajdhani Daily https://ift.tt/2PIFve9
No comments:
Post a Comment