काठमाडौं। नेपालले वैदेशिक लगानी भिœयाउने नीति अवलम्बन गरेको जानकारी गराएका थिए । ‘लगानीकर्तालाई नेपाल सरकारले सम्पूर्ण रूपमा सहयोग प्रदान गर्नेछ । नेपालले समृद्ध मुलुक निर्माणको लक्ष्य लिएकाले यहाँहरूलाई लगानीका लागि आग्रह गर्दछु । लगानीमैत्री वातावरण निर्माणमा सरकारले कुनै कसर बाँकी राख्नेछैन,’ उनले भने । उनले जापानको पर्यटन उद्यमीहरूलाई जापानीलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्न आग्रह गरे । उनले नेपालले २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउन लागेको बताउँदै यसलाई सफल गर्न जापानको पर्यटन उद्यमीले योगदान दिन सक्ने आंैल्याए ।
सेमिनारमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा लगानी गर्दा अवलम्बन गर्नुपर्ने नीति, नियम, प्रावधान, अवसरको विषयमा जानकारी गराएका थिए । जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, जेट्राका कार्यकारी उपाध्यक्ष नाओयोसी नाबुची, युनिडोका डेपुटी हेड फेड्राले आफ्नो मन्तव्य राखेका थिए । त्यसैगरी, हिडेएकी हाचियाले नेपालमा व्यवसाय गर्दाको आफ्नो अनुभव प्रस्तुत गरेका थिए । सो सेमिनारमा १ सय ५० जापानी लगानीकर्ता, व्यवसायी, पर्यटन उद्यमी र सञ्चारकर्मीको उपस्थिति रहेको दूतावासले जनाएको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीसहितको प्रतिनिधि मण्डल मंगलबार आसाका पुगेका थिए । बुधबार परराष्ट्रमन्त्री ज्ञवालीले ओेसाकाको ऐतिहासिक क्षेत्र र त्यहाँको कृषि फार्मको अवलोकन गर्ने कार्यक्रम छ । बुधबार साँझ ओसाकाबाट बैंकक जाने कार्यक्रम छ । बैंककमा उनले नेपाली दूतावासको अवस्थाको अवलोकन गर्नेछन् भने केही अन्तक्र्रियामा सहभागिता जनाउने कार्यक्रम छ ।
जापान सरकारले नेपाललाई खाद्य सहायता कार्यक्रमका लागि ३५ करोड जापानी येन सहयोग गर्ने भएको छ । परराष्ट्रमन्त्री ज्ञवालीको जापान भ्रमणका क्रममा मंगलबार सो विषयमा सम्झौता भएको हो । मन्त्री ज्ञवालीको उपस्थितिमा नेपालका लागि जापानी राजदूत मासामिची र जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले सो सहयोगको विषयमा भएको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सो समारोहमा जापानका विदेशमन्त्री टारो कोनोको पनि उपस्थिति थियो । खाद्य सुरक्षा सुनिश्चिता गर्ने उद्देश्यले सो सम्झौता गरिएको हो ।
from Rajdhani Daily https://ift.tt/2PH5J0h
No comments:
Post a Comment