अमेरिकाले इरानविरुद्ध लगाएका प्रतिबन्धहरू ‘आर्थिक आतंकवाद’ भएको इरानका राष्ट्रपति हसन रौहानीले बताएका छन् । इरान भ्रमणमा रहेका विभिन्न देशका अधिकारीहरूसँगको भेटमा उनले सो धारणा व्यक्त गरेका हुन् । दबाबमा परेका अरब राष्ट्रहरूको उन्नति क्षेत्रीय एकताबाट मात्र सम्भव भएको राष्ट्रपति रौहानीले बताए ।
‘अमेरिकाको पक्षपाती तथा गैरकानुनी प्रतिबन्ध आफ्नो सम्मानित राष्ट्रको प्रगतिलाई लक्षित गरी आएको हो,’ उनले भने । अफगानिस्तान, चीन, पाकिस्तान, रुस र टर्कीका उच्च अधिकारी सम्मेलनमा सहभागी रहेका छन् । आर्थिक आतंकवाद इरानको अर्थतन्त्रमा संकट उत्पन्न गर्न र यसबाट अन्य मुलुकमा लगानी भित्रिनबाट रोक्नलाई तर्साउने अमेरिकी ट्रम्प प्रशासनको चालबाजी भएको उनले बताए ।
The post अमेरिकी प्रतिबन्धहरू ‘आर्थिक आतंकवाद’ : इरान appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2rqpaMp
No comments:
Post a Comment