राष्ट्रिय वाणिज्य बैंक र टिच फर नेपालबीच सम्झौता - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, December 9, 2018

राष्ट्रिय वाणिज्य बैंक र टिच फर नेपालबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र टिच फर नेपालबीच सामुदायिक विद्यालयका स्वयंसेवक शिक्षकको व्यवस्थापनका लागि सहयोग गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले हस्ताक्षर गरेका थिए ।


सम्झौताअनुसार उक्त कार्यका लागि बैंकले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्नेछ । समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक, सामाजिक तथा मानवीय क्षेत्रमा सहयोग गरिरहेको र भविष्यमा थप सहयोग गर्दै जाने बताए ।

टिच फर नेपाल संस्थाले दाङ, लमजुङ, पर्सा, धनुषा, ललितपुर र सिन्धुपाल्चोक जिल्लामा रहेका ५१ वटा सामुदायिक विद्यालयका १ सय १० स्वयंसेवक शिक्षकमार्फत१० हजार विद्यार्थीलाई अध्यापन गराई शैक्षिक गुणस्तर वृद्धिका लागि कार्य गरिरहेको जनाएको छ ।

बैंकले ७४ जिल्लामा २ सय ८ शाखा, १ सय ६५ एटिएम र ९३ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ ।

The post राष्ट्रिय वाणिज्य बैंक र टिच फर नेपालबीच सम्झौता appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2GjX93B

No comments:

Post a Comment

Post Bottom Ad

Pages