पाकिस्तानको राष्ट्रपति कार्यालय सर्वसाधारणलाई खुला - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, December 9, 2018

पाकिस्तानको राष्ट्रपति कार्यालय सर्वसाधारणलाई खुला

पाकिस्तानको राजधानी इस्लामाबादमा रहेको राष्ट्रपति कार्यालय सर्वसाधारणका लागि खुला गरिएको छ । सरकारी कार्यालयहरूमा सर्वसाधारणको पहुँच बढाउने अभियानस्वरूप सरकारले राष्ट्रपतिको कार्यालय सर्वसाधारणका लागि खुला गरिएको शनिबार घोषणा गरेको हो ।


राष्ट्रपति कार्यालयका प्रवक्ता ताहिर खुस्नुदले राष्ट्रिय परिचयपत्र देखाएर पाकिस्तानका कुनै पनि नागरिक सरकारी कार्यालयमा प्रवेश पाउने व्यवस्थाअनुसार राष्ट्रपति कार्यालयमा पनि प्रवेश पाउने व्यवस्था गरिएको बताए ।

हरेक शनिबार बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कार्यालयमा प्रवेश गर्न दिने निर्णय भएको उनले जानकारी दिए । पाकिस्तानको सत्तारुढ दल ताहरिक ए इन्साफले निर्वाचनका वेला गरेको प्रतिबद्धताअनुसार यस्तो व्यवस्था गरिएको हो ।

निर्वाचनका समयमा सो पार्टीले आफूले निर्वाचन जिते सरकारी सबै भवन तथा कार्यालयमा सर्वसाधारणको सहज पहुँच हुने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको थियो ।

सरकारले देशको पूर्वी क्षेत्रमा रहेको पन्जाब, दक्षिण क्षेत्रमा रहेको सिन्ध र उत्तरपश्चिमी क्षेत्रमा रहेको खैबर पख्तुन्खवा प्रान्तका गभर्नरका कार्यालय भने यसअघि नै सर्वसाधारणका लागि खुला गरिसकेको छ ।

उच्च सुरक्षा सतर्कतामा राखिएको र संवेदनशील मानिएको राष्ट्रपति कार्यालयमा यसअघि सर्वसाधारणका लागि प्रवेश निषेध गरिएको थियो ।

The post पाकिस्तानको राष्ट्रपति कार्यालय सर्वसाधारणलाई खुला appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2G2PhTI

No comments:

Post a Comment

Post Bottom Ad

Pages